Section 24D2
श्रेणीविहीन कर्मचारीको स्तर वृद्धिसम्बन्धी व्यवस्था
(१) श्रेणीविहीन पदहरूको स्तर
देहायबमोजिम हुनेछ –
(क) प्रथमस्तर
(ख) द्वितीयस्तर
(ग) तृतीयस्तर
(घ) चतुर्थस्तर 
(ङ) पाँचौं स्तर
(२) श्रेणीविहीन पदमा सुरु नियुक्ति हुने निजामती कर्मचारीको प्रथमस्तर कायम हुनेछ ।
(३) दफा १८ङ. बमोजिम सजायको अभिलेख नभएको श्रेणीविहीन कर्मचारीको अख्तियारवालाले देहायबमोजिम स्तर वृद्धि गर्नेछः–
(क) पाँच वर्ष वा सोभन्दा बढी तर दस वर्षभन्दा कम सेवा अवधि भएकोलाई द्वितीयस्तर,
(ख) दस वर्ष वा सोभन्दा बढी तर पन्ध्र वर्षभन्दा कम सेवा अवधि भएकोलाई तृतीयस्तर,
(ग) पन्ध्र वर्ष वा सोभन्दा बढी तर बीस वर्षभन्दा कम सेवा अवधि भएकोलाई चतुर्थस्तर ।
(घ) बीस वर्ष वा सोभन्दा बढी सेवा अवधि भएकोलाई पाँचौंस्तर ।
(४) उपदफा (३) को स्तरबमोजिमको तलबमान नेपाल सरकारले तोकेबमोजिम हुनेछ ।
(५) स्तर वृद्धिसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।